38.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

नलगाड नदीको लाप्कोबाट खसेर मृत्यु

जाजरकोट, चैत १३ गते ।

नलगाड पहुँच मार्ग निर्माण भइरहेको सडकको बीचमा रहेको नलगाड नदीमा हालिएको लाप्को ( काठको फड्के) बाट खसेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बारेकोट गाउँपालिका–७ का ४० वर्षीय कालीबहादुर नेपालीको आज बिहान मृत्यु भएको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्द सिंहले जानकारी दिनुभयो ।

नलगाड नगरपालिका–५ खाराको बीचमा रहेको नलगाड नदीमा काठको लाप्कोबाट नदी पार गर्दैगर्दा चिप्लिएर नेपालीको मृत्यु भएको सिंहको भनाइ छ । काठमाडौँबाट कमाइ गरी घर खर्च लिएर आएका नेपालीको मृत्यु भएको सिंहले बताउनुभयो । निर्माण व्यवसायीको लापर्बाहीले समयमा पहुँचमार्ग निर्माण नहुँदा यहाँका हजारौँ स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।

करिब तीन किलोमिटर सडक नलगाड नदीको बीचबीचमा रहेको लाप्कोको भरमा वारपार गर्नुपर्ने हुन्छ । यो भन्दा अगाडि दुई महिनाको बीचमा लडेरै तीनजनाको मृत्यु भइसकेको छ । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles