बाँसको भाटाले हानेर श्रीमतीको हत्या

द्वारा : सुदुर न्युज
खोटाङ

खोटाङ, चैत १३ गते ।

बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् ।

घरायसी विवादमा सोमबार साँझ श्रीमान् / श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

“श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् ।” उहाँले भन्नुभयो, “मातेको झोँकमा श्रीमानमाथि जाइलाग्दा श्रीमानले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ।”

घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पुरयाइएको आफन्तले जनाएका छन् । (रासस)

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com