27.5 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

बम आतंकबीच सुनसरीमा मतदान : ज्येष्ठ नागरिकलाई सास्ती

बम आतंक र मौसमको प्रतिकुलताका बीचमा सुनसरीमा मतदाता उत्साह देखिएको छ। विभिन्न निर्वाचन केन्द्रमा बिहानैदेखि मतदाताको उत्साह उत्तिकै रहेको छ। निर्वाचन उत्साहजनक भइरहँदा ज्येष्ठ नागरिकले भने सास्ती खेपेका छन्। सवारी सञ्चालनलाई प्रशासनले रोक लगाएपछि जेष्ठ नागरिकलाई समस्या भएको हो। हिँडेरै मतदान केन्द्रसम्म पुग्नुपर्ने बाध्यताले वृद्धवृद्धामा समस्या परेको हो। इटहरीकी ७७ वर्षीया वृद्धा मायादेवी गौतमले हिँडेर मतदान केन्द्रमा पुग्न समस्या भएको जानकारी दिनुभयो। ‘गाडीपनि छैन, बिस्तारै हिड्दै आएर भोट हालेँ,’ उहाँले भन्नुभयो।

इटहरीस्थित मतदान केन्द्रका अधिकृत भरतमणि रिजालले पार्टीसँगको समन्वयमा केही ठाउँबाट ज्येष्ठ नागरिकलाई मतदान स्थलसम्म ल्याइएको जानकारी दिनुभयो। रिजालका अनुसार मतदान केन्द्रमा भने ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिइएको जानकारी दिनुभयो। झापामा एक जना ८२ वर्षीया वृद्धको चुनावमा लाइन लागेकै अवस्थामा मृत्यु भएको छ। सुनसरीमा १६६ वटा मतदान स्थलहरु र ४८५ वटा मतदान केन्द्रहरु छन्। चार लाख २१ हजार १५९ मतदाता रहेकोमा तीन हजार ५२४ जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्येबाट सुनसरीमा ६४४ जनाप्रतिनिधि चुनिने छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles