32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

चीनमा अध्ययन गर्न चिनियाँ भाषा परीक्षा उत्तीर्ण हुनुपर्ने

काठमाडौँ, चैत १२ गते ।

चीनमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले अब चिनियाँ भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । अमेरिका, बेलायत, अष्ट्रेलियालगायत मुलुकमा आईएलटीएस, टोफल लगायतका भाषा परीक्षा उत्तीर्ण गरेपछि मात्र उच्च शिक्षा अध्ययन गर्न पाइने जस्तै व्यवस्था चीनमा पनि गरिएको छ ।
नेपालमा यस्तो परीक्षा दिन पाउने सुविधाको थालनी गरिएको छ । कन्फ्युसियस इन्स्टिच्यूट बेइजिङ्ले सञ्चालन गर्ने यस्तो परीक्षा कलङ्कीस्थित एलआरआई कन्फ्युसियस क्लासरुमले थालनी गरेको हो ।
चिकित्साशिक्षा, इन्जिनियरिङ लगायत उच्च शिक्षा अध्ययन गर्न जानेहरुले चिनियाँ भाषा नजान्दा समस्या हुने गरेको र उनीहरूले चीनमा गएर सिक्नुपर्ने अवस्था थियो ।

अब चिनियाँ भाषाको परीक्षा (एचएसके) उत्तीर्ण गर्नुपर्ने वाध्यात्मक व्यवस्था भएको छ । नेपालको एचएसके टेस्टका व्यवस्थापक प्रवीण मर्हजनले परीक्षा दिएको १५ दिनमा परीक्षाफल सार्वजनिक हुने बताउँदै अनलाइनबाट परीक्षा दिने व्यवस्थाले सहज हुने बताउनुभयो ।

नेपाली विद्यार्थीका लागि ६५० देखि ९०० रुपियाँ शुल्क कायम गरिएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles