40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

१३ वर्षमा बिधवा, १०८ बर्षमा नाति नातिनीलाई मतदान

नेपालगन्ज : अघिपछि बिहानैदेखि चर्किने नेपालगन्जको घाम बुधबार निकै शितल भएको छ । बादल लागेजस्तो भएपछि हल्का हावा चलिरहेको छ । बिहानै ५ बजेदेखि मतदाताहरु मतदान केन्द्रमा लाइनमा देखिन्थे । मौसमले पनि साथ दिएपछि बाँकेमा मतदाताहरु निकै उत्साहित भएर मतदान गरिरहेका छन् । नेपालगन्जस्थि जिल्ला बन कार्यालय परिसरमा रहेको मतदान केन्द्रमा एकजना एक सय आठ वर्षकी वृद्धाले मतदान गर्नुभएको छ । सानैमा १३ वर्षको उमेरमै विधवा भएकी १सय ८ वर्षकी ओभीकुमारी पन्थले २० वर्षपछि स्थानीय निकायको निर्वाचनमा मतदान गर्नुभयो । ‘अरु सब्बै चुनावमा भोट हालेँ’ उहाँले भन्नुभयो, ‘यत्तिका बुढी भएसी फेरि आफ्नै नाती उमेदवारहरुलाई भोट हाल्न पाइयो खुसी लाग्या छ ।

 

’ यो उमेरमा पनि निकै ह्रष्टपुस्ट र तन्दुरुस्त उहाँ आफैँ घरबाट हिँडेर मतदान केन्द्रसम्म आउनुभएको थियो । सानैमा बिधवा भएपछि बालबिवाह विरुद्ध उहाँले आन्दोलन गर्नुभएको थियो । ‘त्यो बेला नै आन्दोलनमा हिँडे, बिहे पनि गरिनँ, २०११ सालमा बालबिवाह रोक्न भन्यो सरकारले’ उहाँले भन्नुभयो ‘अहिले दिदीबहिनीहरुसँग बसेकी छु, सबैले माया गरेका छन् र त, बाँचेकी छु ।’ जिल्लाभरका २ सय ९५ मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरु पुगिसकेका छन् । जिल्लामा करिब दुई लाख ४६ हजार १ सय ४ मतदाता छन् । जिल्लाका ८१ स्थानीय तहका लागि यहाँ २३ सय ५० जनाको उमेदवारी छ । एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कडा सुरक्षाका साथ शान्तिपूर्ण निर्वाचन भइरहेको प्रमुख जिल्लाअधिकारी रबिलाल पन्थले जानकारी दिनुभयो । निर्वाचन केन्द्र बाहिर घामबाट बच्नका लागि टेन्ट तथा पालहरु टाँगिएका छन् । मतदाताका लागि ठाउँठाउँमा चिसो पानीको समेत स्थानीयस्तरबाटै वयवस्था गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles