30.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता

काठमाडौँ, चैत ११ गते ।

नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गर्नुभएकाले त्यसअघि नै पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको नेता साहले बताउनुभयो।

यस अघि नेकपा (एमाले) र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको थियो । यही सहमतिका आधारमा अहिले दुवै पार्टीले एकीकरणका लागि गृहकार्य अन्तिम चरणमा समेत पुऱ्याएका छन् ।

एकता प्रक्रियालाई अघि बढाउन गठन गरिएका दुई कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । दुवै कार्यदलले १० दिनभित्र प्रतिवेदन दिने बताइएको छ । प्रतिवेदन आएपछि त्यसलाई अन्तिम रूप दिएर पार्टी घोषणा हुने साहले बताउनुभयो ।

जिम्मेवारी हेरफेर

माओवादी केन्द्रले पार्टीभित्र जिम्मेवारी पनि हेरफेर पनि गरेको छ । विभिन्न प्रदेशका इन्चार्ज रहनुभएका नेताहरू मन्त्री भएपछि उहाँको ठाउँमा अर्कालाई जिम्मेवारी दिइएको हो । साहका अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश–२ मा विश्वनाथ साह, प्रदेश–४ मा हितराज पाण्डे, प्रदेश–५ मा मणि थापा र प्रदेश–६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ ।

प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट यथावत हुनुहुन्छ ।
यसअघि प्रदेश १ का इन्चार्ज रहनुभएका गोपाल किरातीले पार्टी छाड्नुभएको छ भने प्रदेश २ का इन्चार्ज मातृका यादव, प्रदेश ५ का वर्षमान पुन, प्रदेश ६ का शाक्ति बस्नेत मन्त्री बन्नुभएको छ ।

प्रदेश ४ का इन्चार्ज देव गुरुङले प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्नुभएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles