42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सातवटै प्रदेशमा प्रदेश कार्यालय

काठमाडौँ, चैत ९ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटै प्रदेशमा नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ ।

यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराउनुभयो ।

संघीय संरचनाअनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नंं १ को इटहरी, प्रदेश नं बर्दिवास, प्रदेश नं २ को हेटौँडा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल वा कोहलपुर, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भइरहेको छ ।

ती कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ । उहाँले सर्वेक्षणपश्चात् चाँडै नै सात वटै प्रदेशमा प्रदेश कार्यालय सञ्चालन ल्याउने जानकारी गराउनुभयो ।

आयोगले २०७० सालमा भ्रष्टाचार ढिलासुस्ती नियन्त्रणका लागि पाँच वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो । (रासस) ः

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles