40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदित

धनगढी, ९ चैत –

प्रदेश नं. ७ को प्रदेशसभा बैठकले प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रस्ताव गरिएका पाँच विषयगत समितिमा रहने सदस्यको नामावलीलाई अनुमोदन गरेको छ ।

प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको सिफारिसअनुसार बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रस्ताव गरेको नामावलीसहितको विषयगत समितिलाई अनुमोदन गरिएको हो । संविधानको धारा १९३ र प्रदेशसभा नियमावलीबमोजिम गठित विधायन तथा प्रदेश मामिला समितिमा प्रदेशसभा सदस्य रणबहादुर रावल, श्यामलाल राना थारु, उमाकुमारी वादी, वीरभान चौधरी, शान्ति नेपाली, मालामतीकुमारी राना थारु, तारालामा तामाङ, नेपालु चौधरी, कृष्णराज सुवेदी, मीना साउद र सुशीला बुढाथोकी रहनुभएको छ ।

यसैगरी सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, कर्णबहादुर मल्ल, नन्दा बम, मानबहादुर धामी, कुन्ती जोशी, कुलवीर चौधरी, अमरबहादुर साउद, अर्चना गहतराज, बलबहादुर सोडारी, चुनकुमारी चौधरी र वलदेव रेग्मी रहनुभएको छ । अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा गोविन्दराज बोहरा, देवराज पाठक, अम्बिकुमारी थापा, अक्कलबहादुर रावल, महेशदत्त जोशी, प्रेमप्रकाश भट्ट, कृष्णबहादुर चौधरी, हर्कबहादुर कुँवर, प्रकाश रावल, रतन थापा र पूर्णा जोशी रहनुभएको छ ।

सामाजिक विकास समितिमा डिल्लीराज पन्त, दिव्येश्वरी शाह, टेकबहादुर रैकाआउजी, नन्दबहादुर साउद, मानबहादुर सुनार, देवकी मल्ल, लालबहादुर खड्का, लीलाधर भट्ट, गेल्बुसिं बोहरा, दुर्गाकुमारी कामी र माया बोहरा हुनुहुन्छ ।

त्यस्तै प्रदेशको पहिचन झल्किने गरी बनाइने प्रतीकचिह्न निर्धारण मस्यौदा समितिमा श्यामलाल, वीरभान, बलदेव रेग्मी, लीलाधर भट्ट र मालामतीकुमारी रहनुभएको छ ।

यसअघि बैठक प्रारम्भ हुनासाथ विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यले पछिल्ला दिनमा प्रदेश नं ७ मा भएका चोरी, डकैती र लुटपाटका घटनाका साथै बोक्सी प्रकरण र जनप्रतिनिधिमाथि आक्रमणको घटनाले शान्तिसुरक्षाको उचित व्यवस्था हुन नसकेको जनाउँदै शान्ति सुव्यवस्था र अमनचयनको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्यले युरोपेली सङ्घले सरकारलाई संविधानविपरीत प्रतिवेदन दिएको भन्दै विरोध गर्नुभयो । उहाँहरूले शिक्षा क्षेत्रमा भइरहेको मनपरीतन्त्र रोक्नुपर्ने, भूमिहीनको समस्या समाधान हुनुपर्ने, छाडा चौपायाको व्यवस्थापन हुनुपर्ने, महिलाको मौलिक अधिकारको संरक्षण गर्नुपर्ने, पहाडी जिल्लामा बढेको बाँदर र बँदेल आतंक रोकथाम गर्नुुपर्ने, धर्मका नाममा भइरहेका कुरीतिको अन्य गर्नुपर्ने र समयमै किसानलाई उचित मल बीउको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

विशेष समयमा बोल्नेमा नेपाली काँग्रेसका भरतबहादुर खड्का, नेकपा(एमाले)का लीलाधर भट्ट र अमरबहादुर साउद तथा नेकपा (माओवादी केन्द्र)की शान्ति नेपाली हुनुहुन्थ्यो । प्रदेशसभाको अर्को बैठक यही चैत १५ गते अपराह्न १ बजे बस्नेछ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles