35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

एसईई परिक्षा आजदेखि, प्रदेश ७ बाट ५५ हजार छात्रछात्रा सहभागी हुँदै

धनगढी, चैत्र ।

आजदेखि एसईई परिक्षा सुरु भएको छ। आजदेखि सुरु भएको विद्यालय शिक्षा परीक्षा (एसईई) मा प्रदेश ७ बाट ५५ हजार ३ सय ३ जना विद्यार्थीहरु सहभागी हुने भएका छन।

साधारण विद्यालयका ५० हजार २२१ र प्राबिधिक विद्यालयका ९९६ गरी ५१ हजार २०७ जना विद्यार्थी नियमिततर्फ एसईईमा सहभागी हुँदैछन् । यस्तै एक्जाम्टेडतर्फ चार हजार ८६ विद्यार्थी सहभागी हुने भएका छन । एक हजार ४९ विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसईईमा सहभागिता जनाउने छन् ।

प्रदेश ७ का नौ जिल्लाहरुमध्ये सबैभन्दा बढी १६ हजार ९२ विद्यार्थी कैलाली जिल्लाबाट सहभागी हुनेछन् । यस्तै सबैभन्दा कम विद्यार्थी बाजुराबाट सहभागी हुने छन् ।

१५ केन्द्रमा परीक्षा हुने उक्त जिल्लामा नियमिततर्फ साधारण शिक्षा दुई हजार ९०७ र प्राबिधिक शिक्षा ४८ गरी दुई हजार ९५५ र एक्ज्याम्टेडतर्फ ३३८ गरी तीन हजार २९३ विद्यार्थी सहभागी हुनेछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles