37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

मतदान गर्दागर्दै वृद्धको मृत्यु

असार १४, २०७४- मत खसाल्न आएका दमक ९ का ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको छ । बुधबार बिहान ७ : ३० बजे उनको सरस्वती माध्यमिक विद्यालयमा मतदान गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदानका लागि नाम रुजु गराउँदै गरेको अवस्थामा उनी ढलेका थिए । पारिवारिक स्रोतका अनुसार उनी मुटुको बिरामी थिए । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको कांग्रेस जिल्ला सदस्य विक्रम अधिकारीले जानकारी दिए । उनी ०५४ सालको स्थानीय निर्वाचनमा दमक १४ को वडा सदस्यामा निर्वाचित भएका थिए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles