38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

यातायात व्यवस्था कार्यालय धनगढीमा मुख्यमन्त्री भट्टको छड्के

धनगढी,६ चैत ।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार कैलालीस्थित यातायातको कार्यालयमा छड्के अनुगमन गरेका छन् ।  यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि मुख्यमन्त्री भट्टले यातायातको कार्यालयमा बिहान ११ बजे छड्के अनुगमन गरेका हुन्।

लाईसेन्स परिक्षाका लागि फारम भर्न सेवाग्राहीहरु लाईनमा बसी रहेकै बेला मूख्यमन्त्री भट्ट एक्कासी अनुगमनमा पुगेर यातायातका कर्मचारीलाई सोधपुछ गर्न थालेपछि कर्मचारीहरु अचम्ममा मात्र परेनन् रातोपिरो अनुहारमा एकलेअर्कोलाई हेरेर जवाफ दिँदै थिए ।

मुख्यमन्त्री भट्ट कार्यालयमा पुग्दा यातायात कार्यालयमा सेवाग्राहीहरुको निकै ठूलो भीड थियो भने सेवाग्राहीहरु तीन लाईनमा बसेर लिखित परिक्षाको फाराम बुझाई रहेका थिए।
मुख्यमन्त्री भट्टले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी समेत दिएका थिए । सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिएका थिए । सेवाग्राहीसंगको कुराकानीपछि मुख्यमन्त्री भट्ट लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा पुगेका थिए ।

जनतालाई छिटो–छरितो र सरकारले तोकेको राजश्व रकम लिएर सेवा प्रदान गर्न मुख्य मन्त्री भट्टले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । यातायात कार्यालयले दिने सेवा सुविधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छर्के अनुगमनमा आएको बताउँदै मुख्यमन्त्री भट्टले जनताले पाउनु पर्ने सेवा, सुविधामा आर्थिक चलखेल भएको आफू कहाँ जानकारी आए कारबाही गर्न पछि नपर्ने चेतावनी समेत दिएका छन् ।

यातायात कार्यालयका कर्मचारीहरु लाईसेन्स वितरण, नविकरण, बाटो ईजाजत र जाचपासमा घुस खाने गरेको र घुस नदिँदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मुख्यमन्त्री भट्टले छड्के अनुगमन गरेको बताए । यातायात ब्यबस्था कार्यालय प्रमुख कृष्ण भुषालले आफुहरुले रातदिन नभनेर काम गरिरहेको बताए । उनले भने, म आएपछि मात्रै ५० हजार भन्दा बढीको सवारी चालक अनुमतीपत्रको परिक्षा लिएको छु । कार्यालय सडक छेउमै छ यहाँ आउने सेवाग्राहीका सवारी सडक सम्मै पाकिङ्ग भैरहेका छन् प्रमुख भुषालले भने, त्यसैले डडेलधुरा र डोटीका रहेका कार्यालयबाट पनि सेवा बिस्तार गर्ने ब्यबस्था मिलाईदिन म अनुरोध गर्दछु ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles