27.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

शिक्षकले राजनीति गरे जागिर चट !

काठमाण्डौ,

शिक्षा तथा विज्ञानप्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षकले राजनीति गरे जागिर धरापमा हुने चेतावनी दिएका छन् ।

मन्त्री पोखरेलले शिक्षकले जागिर मात्रै खाएर जिम्मेवारी पुरा नहुने बताए । शुक्रबार शिक्षा मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको गुणस्तर खस्किँदै गरेको सन्दर्भमा ट्रेड युनियनको नाममा शिक्षकहरुलाई राजनीति गरे जागिर चट गर्ने चेतावनी दिए ।

‘शिक्षकको व्यक्तिगत स्वतन्त्रताको सम्मान राज्यले गर्छ । तर, कक्षा कोठमा भूमिका निर्वाह नगर्ने तर, राजनीति गर्दै हिँड्ने अवस्थाको अन्त्य अब हुनुपर्छ,’ पोखरेलले भने, ‘सरकारले चालेका कदममा प्रभाव गर्ने गरी कुनै काम नगर्न म ट्रेड युनियनहरुलाई आग्रह गर्छु । तपाईंहरु ट्रेड युनियनको मान्छे हुँ भन्नुभन्दा पहिलो आफ्नो संस्थाको नाम लिनुहोला ।’

उनले सिटीईभिटीमा मौलाएको अराजकतामाथि पनि आफ्नो नजर परेको बताए । त्यहाँ सम्बन्धन दिने नाममा हुने चलखेल तत्काल नरोकिए आफूले बाध्य भएर कदम उठाउनुपर्ने अवस्था आउनेतर्फ उनले सचेत गराए ।

‘मन्त्रीका, सदस्य सचिवका र सीटीईभीटीका कर्मचारीका मान्छेको मात्रै फाइल उठ्ने समस्या सिटीईभीटीमा ब्याप्त छ । यस्ता गुनासा सम्बोधन हुने गरी काम तत्कालै काम हुनुपर्छ,’ पोखरेलले भने ।

उनले अहिलेका विश्वविश्द्यालयहरु ‘विश्वविद्यालय’जस्ता नभएको बताए । उनले उच्च शिक्षा कतैबाट नियमन नहुने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए ।

शिक्षालाई विकासँग जोड्न जरुरी रहेको भन्दै उनने जीवनउपयोगी सीपमा आधारित शिक्षाको कार्यान्वयन आफ्नो प्राथमिकतामा पर्ने पनि बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles