32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

प्रधानमन्त्री देउवाद्वारा मतदान

असार १४, २०७४- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले  स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बिहान करिव साढे ८ बजे  मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को असिग्राम मावि रुवाखोलास्थित मतदान केन्द्रमा मतदान गरेका छन् । उनका साथमा डा आरुजु देउवा राणाले पनि मतदान गरेकी छिन् ।

प्रधानमन्त्री देउवा र पत्नी डा. आरुजु देउवा राणा चारदिन अघि नै आफ्नो गृह जिल्लामा आइसकेका थिए । देउवा दम्पती डडेल्धुरा सदरमुकामस्थित स्याउवारी भ्यु टावरमा बसेका थिए ।  प्रधानमन्त्री देउवा मतदान गरि धनगढी फर्कने कार्यक्रम छ ।

मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले जिल्लाका ७७ मतदान केन्द्रमा बिहान ७ बजे देखी डडेल्धुरा जिल्लामा शान्तिपुर्ण ढंगबाट मतदान भइरहेको  जनाएका छन् ।  मतदानका लागि मतदाताहरु उत्साही छन् । मतदाताहरु मतदान गर्न मतदानस्थलमा बिहान ६ बजे नै आइपुगेका थिए । टाढाबाट पैदल हिँडेर आउने मतदाताहरु घरबाट ४ बजे नै निस्केको बताउँछन् ।

डडेल्धुरा जिल्लामा अमरगढी र परशुराम दुई नगरपालिका छन् भने पाँच गाउँपालिकाहरु रहेका छन् ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles