उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी

द्वारा : सुदुर न्युज
0

काठमाडौँ, चैत ३ गते ।

उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ ।

वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको छ ।

उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । सो उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल हुनुहुन्छ ।

यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहनुभएको छ ।

यसअघि राष्ट्रपति पदको निर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित भइसक्नुभएको छ । उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवारी दर्ताको समय आज दिउँसो २ बजेसम्म निर्धारण गरिएको थियो ।

उपराष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । (रासस)

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy