वडादेखि प्रधानमन्त्री कार्यालयसम्मको संरचना फेरिँदै

द्वारा : सुदुर न्युज

काठमाडौ,२ चैत –

कर्मचारी समायोजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालयदेखि संघ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसम्मको संरचना स्थानीयरुपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ ।

स्थायीरुपमा संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेको काम टुंग्याउँन मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय का मुख्यसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा सचिवहरुको दिनहुँजसो बैठक बने गरेको छ ।

सकेसम्म चाँडै ओएनएमको काम टुंग्याउँने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com