22.9 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

आफैंले बोकेको बम पड्किदा विप्लवका कार्यकर्ताको मृत्यु

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्वर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किदा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको ज्यान गएको छ । नेकपाका जिल्ला सदस्य चन्द्र वहादुर सिह सनरार्यजको आफैंले बोकेको बम पड्कीएर ज्यान गएको हो । गएराति ९ बजेर ५५ मिनेटमा खानेपानी रोडमा रहेको जिएस एण्ड सन्स रेष्टुरेन्टको पछाडिपट्टी सिहले नै बोकेको बम पड्किएको थियो ।

बम पड्किएर गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएकोमा उपचारका क्रममा ११ बजेर ४० मिनेटमा सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । प्रहरीले घट्नास्थलबाट सिंहको परिचय खुल्ने कागजपत्र फेला पारेको छ । मृत्यु हुनुअघि सिंहले नै आफ्नो परिचय बताएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।

घाईते सिंहको शरीर क्षतबिक्षत थियो । घाईते सिंहलाई घट्नास्थलबाट रक्ताम्य र क्षतविक्षप्त अवस्थामा प्रहरीले अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याउदासम्म सिंह बोलिरहेका र अस्पताल पुर्‍याएपछि बेहोस भएका सिंहको उपचारकै क्रममा मृत्यु भएको हो । घट्नास्थल सेती अञ्चल प्रहरी कार्यालयबाट करीव तीन सय मिटरको दूरीमा रहेको छ । प्रहरीलाई चुनौती दिने तथा उम्मेदवारलाई आतंकित गर्ने मनशायले विप्लव समूहले बम विस्फोटनको प्रसाय गरेको अनुमान गरिएको छ ।

होटलसंगै नेकपा एमालेकी वडा नम्बर ४ की सदस्यकी उम्मेदवार सरिता सोवको घर जोडिएको छ । बन्द रहेको होटलमा विप्लव समूहका सिंह होटल छेउमा रहेको सानो गल्लीबाट पछाडि गएको हुन सक्ने जिएस एण्ड सन्स रेष्टुरेन्टका सञ्चालक राज कुमार खड्काले बताउनुभयो । बम बिस्फोट गर्नुअघि नै पड्किएपछि उनी घाईते भएको प्रहरीको अनुमान छ ।

बम बिस्फोट  हुँदा वेल्डिङको काम गर्दै आएका एकवाल अहमद होटलको सबैभन्दा पछाडिको कोठमा सुतिरहेका थिए । अचानक ठूलो आवाज आएपछि व्यूँझिएका अहमदले आफू मुस्किलले बाँचको बताउनुभयो । हमद ६ महिनादेखि होटलको त्यही कोठमा भाडामा बस्दै आउनुभएको छ । बम बिस्फोटपछि घरभित्रै लुकेका स्थानीय बासिन्दाहरु प्रहरी आएपछि मात्र  बाहिर निस्किएका थिए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles