34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध,

काठमाडौँ  फाल्गुन २५,

प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । निर्विरोध भएपनि उनको औपचारिक घोषणा भने भोलि हुनेछ । उनले आज साढे ११ बजे सभामुखको लागि उम्मेदवारी दिएका थिए ।

उनको उम्मेदवारीमा प्रस्तावक नेकपा एमालेका सुवास नेम्बाङ र समर्थकमा केन्द्रका देव गुरुङ थिए ।

शुक्रबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरेको थियो ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सभामुखमा उम्मेदवारी दर्ताको लागि बिहान १० बजेदेखि १ बजेसम्म समय तोकिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles