35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

अनिरुद्र उच्च माबि एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिपको सेमिफाइनलमा

कञ्चनपुरको अनिरुद्र उच्च माबि र भैरहवामा जारी एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन ।

अनिरुद्रले काठमाडौँको राजन मेमोरियल माबिलाई पाच विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको राजन मेमोरियलले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार पारयो । उसका लागि बिजय तामाङले ३१, सुसन कार्कीले २४ र अमित कुमार महतोले २३ रन जोडे ।

बलिङ तर्फ अनिरुद्रका रोशन साउद र रविन राउदले दुई दुई विकेट लिए । एक सय ११ रनको लक्ष्य पछ्याएको अनिरुद्रले १७ ओभर दुई बलमा पाच विकेट गुमाउदै पुरा गरयो । अनिरुद्रका रोशन साउदले ४५, पारस क्षेत्री ३१ र साजन गौतमले १३ रन जोडे ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles