30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

डिएसपीविरुद्ध फेसवुकमा स्ट्याटस लेख्‍नेमाथि सार्वजनिक मुद्दा !

श्री पाँच भण्डारी सरकारको नाममा खोलीएको फेसवुक एकाउन्टमा आकाश भण्डारीले लेखे–‘को हुन इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश साप्कोटा ?

फेसवुक स्टाटसमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत डिएसपी प्रकाश साप्कोटाले उपलब्धि मुलक काम गर्न नसकेको, ग्वार खोलामा हुने अवैध ढुंगा उत्खनन्मा प्रहरीको संलग्नता सम्मको आरोप लगाउदै लेख्‍ने उनै तुलसीपुर उपमहानगरपालीका वडा नं. १ निवासी १९ वर्षिय आकाश भण्डारीलाई प्रहरीले सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरेर कारवाही अघि वढाउने जनाएको छ।

‘साईबर अपराध अन्र्तगत मुद्धा दर्ता गर्दा उसको भविस्य चौपट हुन्छ, त्यही भएर सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरेर कारवाहीको तयारी गरेका छौं’ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी साप्कोटाले भने–‘प्रमाण विना, तथ्यहिन कुरा लेखेर चरित्र हत्या गर्न खोजीयो, यस्ता गलत प्रचारले हाम्रो करियरमा ठुलो धक्का लाग्छ ।’

स्टाटस लेख्ने ब्यक्ति जर्नालिजमका विद्यार्थी रहेको पनि उनले वताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी टोलीले भण्डारीलाई तुलसीपुर बजारबाट पक्राउ गरेका हुन् । प्रहरीले फेसवुक स्ट्याटसमा डिएसपीका विरुद्ध लेखेपछी सार्बजनिक रुपमा शान्ति सुरक्षामा खलल पुगेको वताएको छ।

भण्डारीले फेसबुकमा डिएसपी सापकोट लागु औषधको बिषयमा मुछिएको, राजनितिक आडमा बढुवा भएको, ढुंगाजन्य बस्तु उत्खनन्मा मिलेमतो गरेको भन्ने बाक्यहरु लेखेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles