24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बैशाख अन्तिम सातादेखी चमेलिया जलविद्युत आयोजनमा ८ मेगावट विद्युत थपिने

चमेलीयामा बैशाख अन्तिम सातादेखी ८ मेगावट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा अपि पावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको अपर नौगाडले उत्पादन गर्ने विद्युत थपिने भएको हो ।

नीजि क्षेत्रबाट उत्पादन भइरहेको माथिल्लो नौगाड साना लघु जलविद्यूतले बैशाख अन्तिम साता उत्पादन शुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख भुपाल अधिकारीले जानकारी दिए ।

गत माघ २७ गते शैल्यशिखर नगरपालिका १ शिखरबाट चमेलियामा ३० मेगावट विद्युत उत्पादन भइरहेको छ ।

नौगाडबाट उत्पादन हुने विद्युत सिधै बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको १ सय ३२ केभी प्रसारण लाइनमा जोडिने छ ।

२०७३ पुषदेखि निर्माण शुरु गरेको अपर नौगाडले १७ देखि १८ महिनामा विद्युत उत्पादन गर्ने जनाएको छ । हाल नौगाडको निर्माण कार्य झण्डै ८० प्रतिशत सकिएको छ ।

विद्युतको प्रसारण लाइनको काम सकिएको छ भने विद्युतको इन्टेक निर्माणको कार्य भइरहेको छ । नौगाड गाउँपालिकाको धुलीगडा भएर बग्ने नौगाड खोलामा विद्युत निकाल्ने काम भइरहेको हो ।

यसअघि सोहि ठाउँको देथलामा ८ दशमल ८ मेगावट विद्युत उत्पादन भइसकेको छ । अपि पावर कम्पनीले नै उक्त ठाउँमा विद्युत निकालेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles