40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बैतडीमा हात्तीपाइले विरुद्धको औषधि खुवाईदै

बैतडी,१२ फागुन

बैतडीमा यो बर्ष २ लाख ५१ हजार ६३ जनालाई हात्तिपाइले रोग बिरुद्धको आमऔषधीखुवाईदै छ । आजदेखि प्रदेश नम्बर सातका ९ ओटै जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो ।

बैतडीको हकमा अन्तिम पटक हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान भएको उहाँले जानकारी दिनुभयो । बैतडीमा छैटौं बर्षमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम तय भएको हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिनुभयो । ५ बर्ष सम्म बैतडीमा औषधि सेवनअभियान सञ्चालन गरेपछि गरिएको सर्वेक्षणमा औषधिअभियान सफलभएको पाइएको जिल्ला स्वास्थ्यकार्यालयले जनाएको छ ।

पाटन र शिवनाथमा ६ सय जनाको रगत परीक्षण गरेकोमा कसैमापनिहात्तीपाइले कीटाणु नभेटिएकाले आमऔषधि सेवनअभियान सफलभएको जिल्ला स्वास्थ्यकार्यालय बैतडीका प्रमुख डा. गुणराजअवस्थीले जानकारी दिनुभयो । हात्तीपाइले विरुद्धको आमऔषधि सेवनकार्यक्रमकालागि ४६० स्वास्थ्यकर्मी र १ हजार ४५० स्वयंसेवक परिचालन भएका छन् ।

दुई बर्ष मुनिकाबालबालिका,गर्भवती र सातदिनभित्रका सुत्केरी, ७० बर्ष भन्दामाथिकानागरिक,सिकिस्त बिरामी, छारे रोग लगायतका बिरामीबाहेक अरुले औषधि सेवनगर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालबाट सन् २०२० सम्म हात्तीपाइले उन्मूलनगर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवनकार्यक्रम सञ्चालनगरिएको हो । हात्तीपाइले उन्मूलनगर्ने नेपाल सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आमऔषधि सेवनकार्यक्रम सञ्चालन गरेकोले हात्तीपाइले रोग विरुद्धको आमऔषधि सेवनकार्यक्रममा सबैलाई सहयोग गर्न उहाँले आग्रहगरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles