41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

प्रदेश १ मा २० वर्ष पुरानो गाडी चढ्दै मुख्यमन्त्री

धरान — सरकारले दुई दशक पुराना सवारी साधन विस्थापित गर्ने नीति बनाएपनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई २० वर्ष पुरानो गाडी चढ्न बाध्य छन् ।

मर्मत गरेर कामचलाउ बनाएको दुइ दशक पुरानो गाडीमा मुख्यमन्त्रीको झन्डा लगाएको छ । गाडीको इन्जिन पुरानो भए पनि आवरण भने चिटिक्क बनाएको छ ।

यस अघिनै सरकारले बातावरणमा प्रदूषण लाई ध्यानमा राख्दै २० वर्ष भन्दा पुराना सवारी साधन चलाउन नपाउने नियम बनाएको थियो ।

फागुन ३ गते मुख्यमन्त्रीको शप लगतै उनले को १ झ २३५ नम्बरको सरकारी सुविधाको गाडी पाएको हो । टोयटा ल्याण्डक्रुजर उक्त गाडी ३ लाख ७५ हजार किलोमिटर गुडिसकेको छ । यसअघि उक्त गाडी प्रधानमन्त्री, राष्ट्रपति, अन्य विशिष्ट ब्यक्ति आउँदा प्रयोग हुँदै आएको थियो ।

अहिलेसम्म उक्त गाडीमा दर्जन बढी प्रधानमन्त्री र दुवै राष्ट्रपति सवार भैसकेका छन् । ‘पुरानो गाडी प्रयोग गर्नु बाध्यता हो । तत्काल नयाँ किन्न सकिने अवस्था छैन । भएको साधान मर्मत गरेर चढियो, दुई दशक पुरानो भनेर भर्खर थाहा पाएँ’ मुख्यमन्त्री राईले भने ।

प्रदेश १ मा सरकारी निकायका लागि थप ५० गाडीको आवश्यक हुने सरकारको अनुमान छ । २० वटा गाडी तत्काल उपलव्ध गराउने योजना भए पनि खरिद गर्न स्रोत नपुग्दा मुख्यमन्त्री र मन्त्रीले पुरानै सरकारी गाडी प्रयोग गर्न बाध्य भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles