42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

प्रदेश सरकारको झण्डा नभएपछि राष्ट्रिय झण्डाको प्रयोग

धनगढी फागुन १० गते ।

प्रदेश सरकारको झण्डा नभएका कारण प्रदेश नम्वर ७ का मुख्यमन्त्री र मन्त्रीहरु राष्ट्रिय झण्डाको प्रयोग गरिरहेका छन । प्रदेश सरकारको आफ्नै झण्डा हुनुपर्नेमा त्यो नभएका कारण प्रदेशका मुख्यमन्त्री र मन्त्रीले राष्ट्रिय झण्डालाई आफ्ना सवारी साधनमा प्रयोग गरिरहेका हुन । प्रदेश सरकारको मन्त्री परिषद्को वैठकवाट प्रदेश सरकारको झण्डा पास भएपछि प्रयोगमा ल्याउनुपर्ने भएपनि ऐन नियम र कानुनको अभावमा राष्ट्रिय झण्डाको प्रयोग भईरहेको छ ।

राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्वन्धी नियमावली २०६९ मा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई आफ्ना सवारी साधनमा प्रयोग गर्ने भण्डाका बारेमा केहि उल्लेख गरेको छैन । विश्वव्यापी मान्यता अनुसार प्रदेश सरकारको आफ्नै झण्डा हुने र राष्ट्रिय झण्डा सानो आकारमा सवारी साधनमा राखिने गरिएको पाईए पनि प्रदेश नम्वर ७ मा राष्ट्रिय झण्डाको प्रयोग गरिएको हो ।

अझै धेरै ऐन नियम कानुनको अभाव भएकोले सवारी साधनमा प्रयोग हुने झण्डाको कुराहरुलाई त्यसले टुंगाउने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले बताउनुभयो । सवारी साधनमा राष्ट्रिय झण्डाको प्रयोग राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, संविधान सभाका अध्यक्ष÷ सभाम’ख उपप्रधानमन्त्री, मन्त्री, संविधान सभाका उपाध्यक्ष÷उपसभाम’ख, राज्यमन्त्री र सहायक मन्त्रीले निजी काममा बाहेक सरकारी कामको सिलसिलामा चढेको सरकारी सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने कुरा राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्वन्धी नियमावली २०६९ मा लेखिएको छ ।

प्रदेश सरकारका वारेमा यो नियमावलीले केही पनि नवोलेका वेला अन्य ऐन कानुनको आवश्यकतासँगै प्रदेश सरकारको वैठकले झण्डाका बारेमा भने केहि नबोलेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पिताम्वर घिमिरेले बतानुभयो । मुख्यमन्त्री सहित मन्त्रीहरुले प्रयोग गरिरहेका सवारी साधनमा राष्ट्रिय झण्डाको प्रयोग गरिरहेको भएपछि अवको मन्त्री परिषद्को वैठकमा यो कुराको विषयमा छलफल गर्ने प्रदेश ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले बताउनुभयो ।

प्रदेश सरकारको पहिलो वैठकले केही निर्णयहरु गरेको भएपनि झण्डा लगायतका प्रदेश सरकार सञ्चालनका विषयमा कुनै निर्णय गरेन । प्रदेश सरकार सञ्चालनका लागि आश्यक पर्ने ऐेन नियम कानुनहरुका साथै झण्डाको वारेमा पनि जतिसक्दो चाडो सम्पन्न गराउने मन्त्री परिषद्ले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles