38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कैलाली कञ्चनपुरमा १ सय ५४ सीमा पिलर गायब

धनगढी फागुन ०७ गते ।

नेपाल भारत संयुक्त सीमा सर्भेक्षण टोलीले अहिले सम्म सिमांकन गरिएको क्षेत्रमा कुनै विवाद नरहेको जनाएको छ । सर्भेक्षण टोलीलाई भारतसँग जोडिएका प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला जिल्लाको सीमा सर्भेक्षणको जिम्मेवारी दिईएको छ । अध्ययन सम्पन्न गरिएका सीमा स्तम्भहरुमा हाल सम्म कुनै खालको विवाद नदेखिएको नेपाली टोलीको नेतृत्व गरिरहनुभएका नापी विभागका अधिकृत सुर्दशन सिह धामीले जानकारी दिनुभयो ।

टोलीले मुख्य पिलर र सहायक पिलर गरेर कैलालीका २ सय ८२ र कञ्चनपुरका ३ सय ९० मध्ये १ सय ११ पिलरको पुर्वेक्षण कार्य सम्पन्न भएकोमा कुनै पनि क्षेत्रमा विवाद नदेखिएको जनाएको हो । सीमा क्षेत्रमा विवाद नदेखिए पनि धेरै सीमा पिलर भने हराएको पाइएको धामीले जानकारी दिनुभयो । कैलालीमा मात्र १ सय ५ पिलर हराएको पाइएको उहाँले बताउनुभयो ।

कञ्चनपुरमा पनि पुर्वेक्षण कार्य सकिएका १ सय ११ पिलर मध्ये ४९ पिलर हराएका पाइएका छन् । धामीले हराएको सीमा स्तम्भहरु निर्माण पनि थालिएको जानकारी दिनुभयो । नेपाली पक्षले बिजोर नम्बर र भारतीय पक्षले जोर पिलरको मर्मत सम्भार, निर्माण तथा पुनः निर्माण गर्ने सहमती भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles