25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

प्रदेश ७ मन्त्रीपरिषदको पहिलो बैठक सम्पन्न, के के निर्णय भयो?

धनगढी फागुन ०६ गते ।

प्रदेश नम्बर ७ को पहिलो मन्त्रीपरिषदको बैठकले प्रदेश ७ को सम्बृद्धीसंग जोडीएका ३ ओटा सामरीक महत्वका राजमार्गहरुको निमार्णको काम समयमै सम्पन्न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । आईतवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलो बैठकले राष्ट्रिय गौरबका आयोजनाका रुपमा रहेका महाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया दिपायल फाष्ट ट्रयाकको कामलाई गुणस्तरीय तवरले, समयमै सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र त्यसको प्रदेश स्तरमामा अनुगमन सम्यन्त्र निमार्ण गर्ने निर्णय गरिएको प्रदेश ७ सरकारका प्रवक्ता तथा आन्तरीक मामीला तथा कानुन मन्त्री प्रकास शाहले जानकारी दिए। ३ ओटै राजमार्गको काम अहिले कछुवा गतिमा भईरहेको छ ।

यस्तै मन्त्री परिषदको पहिलो बैठकले प्रदेश ७ मा कृषिको उत्पादकत्व बढाउन माटो परिक्षणको कार्यलाई संस्थागत गर्नका लागि नेपाल सरकार र स्थानिय तहसंग पनि समन्वय गरेर कार्य अगाडी बढाउने, प्रदेश ७ का पर्यटनका सम्भाव्यताको पहिचान गर्ने र त्यसको संरक्षण र प्रबद्र्धनमा जोड दिने निर्णय पनि गरेको मन्त्रीपरिषदका प्रवक्ता शाहले जानकारी दिए ।

बैठकमा शुषासनमा जोड दिएर भ्रष्टाचार बिरुद्ध सुन्य सहनसिलता अपनाउने निर्णय पनि भएको छ । यसका साथै बैठकले मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयबाट प्रस्ताव गरिएका प्रदेश सरकार कार्यबिभाजन नियमावली, प्रदेश सरकारको कार्य सम्पादन नियमावली, केहि सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ लाई पनि स्वीकृत गरेको छ।

श्रोत- दिनेश FM

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles