37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

‘राजधानी प्रदेशसभाले निर्क्योल गर्नेछ’ – मुख्यमन्त्री भट्ट

काठमाडौँ — आज पहिलो मुख्यमन्त्रीका रूपमा शपथ लिने ४९ वर्षीय त्रिलोचन भट्ट केन्द्रीकृत राज्य व्यस्थाबाट सदैव उपेक्षामा पारिएको प्रदेशलाई छोटो अवधिमा विकसित र समृद्ध प्रदेश बनाउने तयारीमा छन्

डोटीमा रहेको पुख्र्यौली जीर्ण घर नै उनको सम्पत्ति हो । परिवारको लालनपालनका लागि १३ वर्षको उमेरमा भारत पुगेका भट्टको राजनीतिक चेतना पनि भारतमै विकास भयो । प्राथमिक तहको औपचारिक शिक्षा लिएका उनले भारतमा मजदुरी गर्दागर्दै स्वाध्ययन गरे । उनीसँग समृद्ध प्रदेश बनाउने थुप्रै योजना छन् । आफू यो उचाइमा पुगुँला भन्ने कल्पना नगरेका मुख्यमन्त्री भट्ट इमानदार भुइँमान्छेका रूपमा चिनिन्छन् । यस दैनिकको प्रदेश संस्करणका लागि अन्तरवार्ता लिनुपर्ने तय भएको थियो । उनी भेटिए धनगढी बसपार्कको साधारण होटलमा । सरकार गठनको संघारमा रहेका मुख्यमन्त्री भट्टसँग धनगढी संवाददाता डीआर पन्त र अर्जुन शाहले गरेको कुराकानी :
प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमाशनिबार सफथ लिँदै हुनुहुन्छ , कस्तो अनुभूति भइरहेको छ ?
जनताका प्रतिनिधिबाट बनेको संविधानले दिएको संघीय व्यवस्थाअनुरूप सिंहदरबारमा रहेको अधिकार गाउँगाउँसम्म पुगेको छ । एकात्मक राज्यव्यवस्थाले उत्पीडनमा परेको प्रदेश हो । यसकारण यो प्रदेशको मुख्यमन्त्री हुँदा मेरासामु धेरै चुनौती छन् । यो ऐतिहासिक जिम्मेवारीलाई म इमानदारीपूर्वक निर्वाह गर्नेछु भन्ने लागेको छ । त्यसका लागि मैले गर्न सक्ने हरेक प्रयासलाई सार्थक किसिमले अगाडि बढाउनेछु ।
प्रदेशवासीले धेरै अपेक्षा गरेका छन् । कस्तो योजना छ ?
हो जनताका धेरै आकांक्षा छन् । गणतन्त्र र संघीयताले धेरै ठूला विकास हुन्छन् । सबैका समस्या समाधान हुन्छन् भन्ने जुन कल्पना जनताले गरेका छन्, यो ठूलो चुनौती हो हाम्रा लागि । सम्भावना पनि धेरै छन् । यो ऐतिहासिक अवसरलाई सकेजति जनताका पक्षमा प्रयोग गर्दै भएको साधनस्रोतको उचित परिचालन गर्नेछु ।
अन्य प्रदेशको तुलनामा यहा स्रोत थोरै छन् । प्राथमिकता केके हुन् ?
सर्वत्र लथालिंग स्थिति छ, बेथिति छ, कुरीति र कुप्रथाले हाम्रो समाज गाँजिएको छ । यसअघिका शासकले जनअपेक्षाअनुरूप काम गर्न सकेनन्, त्यसैले निराशा पनि त्यत्तिकै छ । मूलत: नीतिनिर्माण र त्यसको इमानदारीपूर्वक कार्यान्वयनद्वारा जनतालाई परिवर्तनको अनुभूति गराउनु पहिलो कुरा हो । हामीसँग जे छ, त्यसलाई अधिकतम प्रयोग गरी विकासको अनुभूति दिने प्रयास गर्छु ।
सबैले समृद्धि र विकास भन्दै छन् । आधार केके हुन् ?
स्रोत नै नभएर हामी गरिब भएका होइनौं । सदुपयोग नभएर समस्या भएको हो । जल, जमिन र जंगल नै हाम्रा विकासका मुख्य आधार हुन् । जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा विकास गर्न सकियो भने समृद्धि हुन्छ । कृषिको आधुनिकीकरण गरी इज्जतिलो पेसा बनाई गाउँघरमै रोजगारीका धेरै अवसर दिनुपर्छ । स्रोतको दुरुपयोग अहिलेको मुख्य समस्या हो । भ्रष्टाचार रोक्न सकियो भने विकास र समृद्धिका लागि स्रोतको कमी हुँदैन । आर्थिक कमीका कारणले कुनै पनि योजना रोकिन्छ भन्ने मलाई लाग्दैन ।
सुरुवात गर्नका लागि पनि आन्तरिक स्रोत आवश्यक होला । कसरी व्यवस्थापन गर्नुहुन्छ ?
आन्तरिक स्रोतको कमी छैन । स्रोत नभएर विकास भएन भन्नेमा म सहमत छैन । करको सही व्यवस्थापन हुन सकेको छैन । संस्थागत भ्रष्टाचार यति डरलाग्दो अवस्थामा पुगेको छ कि राज्यका हरेक अंग प्रभावहीन भएका छन् । आन्तरिक स्रोतको ठूलो दुरुपयोग रोक्न सक्ने हो भने मात्र हामीसँग धेरै सम्भावना छन् । कर प्रणाली नै ठीक छैन । कर लिनुपर्ने ठाउँमा राज्य चुकेको छ भने यसको वैज्ञानिक तरिकाले व्यवस्थापन नै हुन सकेको छैन । लगानीकर्ता छन् । पुँजी प्रशस्त छ । तर लगानी गर्ने वातावरण राज्यले दिन नसकेका कारण केही नभएको जस्तो लागेको हो ।
मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै तपाईंले चौकीदारीका लागि पलायन हुनु नपर्ने घोषणा गर्नुभयो, के छ योजना ?
हामी भारतमा गएर या तेस्रो मुलुकमा गएर १२ घण्टा काम गर्छौं तर आफ्नो देशमा ४ घण्टा पनि काम गर्न सक्दैनौं । पहिले त यो सोच परिवर्तन गर्नु आवश्यक छ । बाहिर गएर हाम्रो श्रमले धेरै मूल्य पनि पाउँदैन तर आफ्नै स्रोत र साधन प्रयोग गरेर हामी श्रम गर्न सकिरहेका छैनांै, यो दुर्भाग्य हो । तत्काल हजारौंलाई रोजगारी दिन सक्ने उद्योग खोल्न नसकौंला तर हामीसँग भएको कृषि, पर्यटन, जलस्रोतजस्ता प्राकृतिक साधनस्रोतलाई उपयोग गरेर धेरै रोजगारी सिर्जना गर्न सक्छौं ।
पात्र, प्रवृत्ति, संस्कार, कार्यशैली पुरानै छ । व्यवस्था फेरिँदैमा धेरै गर्न सकिएला ?
गर्ने हामीले नै हो । सोच र प्रवृत्तिलाई परिवर्तन गर्नुपर्छ । जनताले सही काममा साथ दिनुपर्छ । घात हुन दिनेछैन । पहिलेजस्तो समय पनि रहेन । दुनियाँ धेरै अगाडि पुगिसकेको छ । अब जनता ठग्न सकिँदैन । विकासका लागि हिंडेर होइन, दौडिनुपर्नेछ ।
डोटीमा राजधानीका लागि आन्दोलन चलिरहेको छ । आगामी दिनमा के हुन्छ ?
देउवा सरकारले अस्थायी राजधानी तोक्यो । तर संविधानले प्रदेशसभाको दुई तिहाइबाट राजधानी तोक्ने अधिकार दिएको छ । मेरो वा अन्य कसैको इच्छाको कुनै अर्थ नै छैन । भर्खर सरकार गठन प्रक्रियामा अगाडि बढेका छौं । प्रदेसशभाले यसबारे निक्र्योल गर्नेछ ।

। डोटीको दुर्गम गाउँमा जन्मिएका मुख्यमन्त्री भट्टसँग अहिले पनि बस्नका लागि घर छैन

श्रोत-कान्तिपुर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles