32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सभामुख थापाले लिए पद तथा गोपनीयताको सपथ, फागुन ६ गते उपसभामुखको निर्वाचन

धनगढी ।

प्रदेश नम्बर ७ मा निर्विरोध हुनु भएका सभामुख अर्जुनबहादुर थापाले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले सभामुख थापालाई सोमवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ दिनुभयो । यसअघि सोमवार बसेको प्रदेश संसदको बैठकमा थापा निर्विरोध सभामुख चयन हुनु भएको थियो ।

प्रदेश सभा सदस्य दीर्घ सोडारीको समर्थन र माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रस्ताव गरेपछि जेष्ठ प्रदेश सभा सदस्य दिब्यश्वरी शाहले थापालाई सभामुख चयन भएको घोषणा गर्नुभएको थियो । सभामुखमा चयन हुन भएका थापा बझाङ ‘ख’ निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन भएको हो ।

लामो समय शिक्षण पेशा, त्यसपछि विभिन्न संघसंगठनको नेतृत्व गरिसक्नु भएका थापाले अब भने संविधानले दिएको अधिकार अनुसार प्रदेश नम्बर ७ को समृद्धीका लागि खटिने बताउनुभयो । प्रदेश संसदको बैठक फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोक्दै स्थगित भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles