25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

फेरि आन्दोलनको सिकार हुँदै सुप विश्वविद्यालय

महेन्द्रनगर। केही समय शान्त रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय फेरि आन्दोलनको सिकार हुने भएको छ । विभिन्न माग राखी विश्वविद्यालय सुधार समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि विश्वविद्यालय फेरि आन्दोलनमय हुने देखिएको हो । सुधार समितिले विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएका समस्या बारेमा विश्वविद्यालय प्रशासन मौन रहेको भन्दै ४ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष विरबहादुर सिंह ठकुरीले विभिन्न समस्या समाधानको माग राख्दै गत भदौमा पेश गरिएको मागपत्रबारे उपकूलपति र रजिष्टारले कुनै चासो नदिएपछि आन्दोलित हुनु परेको बताए । उनका अनुुसार आन्दोलन विश्वविद्यालय पढाईमा असर नपर्ने तरिकाले गरिने छ । घोषित कार्यक्रम अनुसार माघ २५ गते ‘जिम्मेवार पदाधिकारी जिम्मेवारी वन’ लेखिएको व्यानर पदाधिकारीको कार्यकक्षमा झुण्ड्याइने छ ।

माघ २६ देखि २८ गतेसम्म प्राध्यापक तथा कर्मचारीले कालोपट्टी बाँधी नियमित कार्य गर्ने र २९ गतेसम्ममा माग सम्बोधनका लागि पहल नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने अध्यक्ष ठकुरीले बताए । समितिले विभिन्न समस्यालाई समेटेर पाँच क्षेत्रसँग सम्बन्धित माग अघि सारेको छ ।

विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय समस्या, भौतिक तथा पूर्वाधार निर्माण, समाजिक सुरक्षा, आर्थिक लगायत समस्या समाधान गर्न उपकूलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको ध्यानाषर्कण गराइएको छ । उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टले विश्वविद्यालयलाई एकलौटी रुपमा सञ्चालन गर्ने खोजेको सुधार समितिको आरोप छ ।

प्राध्यापक यज्ञराज भट्टले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका लागि आवश्यक नीति नियमावली अभावको समस्या रहेको बताए । कञ्चनपुरवासीको ठूलो संघर्षबाट प्राप्त विश्वविद्यालय पदाधिकारीको गैरजिम्मेवारीपनले संकटमा पर्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । गत महिनाको अन्त्यमा सम्पन्न विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहपछि काठमाडौ गएका उपकूलपति र रजिष्ट्रार अहिलेसम्म फर्केका छैनन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles