38.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

प्रधानाध्यापकमाथि गोली प्रहार

धनुषा, असार ११ गते । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ ।

जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । गोलीप्रहारबाट गम्भीर घाइते भएका प्रअ शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत :रासस

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles