26.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्रदेश ५ को राष्ट्रियसभा निर्वाचनको नतिजा : एमाले-२, माओवादी-२ र कांग्रेसका एक विजयी

दाङ — राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर ५ मा बुधबार भएको निर्वाचनको मतपरिणाम बेलुका सार्वजनिक भएको छ । निर्वाचन परिणामअनुसार एमाले र माओवादीले दुई/दुई सदस्य जितेका छन् भने कांग्रेसले एक सदस्य जितेको छ ।

खुलामा एमाले, माओवादी केन्द्र र कांग्रेसले एक/एक सदस्य जितेका छन् । दलितमा एमाले र अपांग अल्पसंख्यकमा माओवादी केन्द्र विजयी भएका छन् ।
खुलामा एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई ३ हजार ६, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का २ हजार २ सय ८० र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय २ हजार ४ सय १८ मतभारका साथ विजयी भएका छन् । तीन जना उम्मेदवारले ल्याउनुपर्ने मतभार भन्दा बढी मत पाएपछि विजयी घोषणा गरिएको निर्वाचन अधिकृत हेमन्त रावलले बताए । एकल संक्रमणीय निर्वाचन प्रणालीअनुसार विजयी हुन एकजना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने थियो । खुलामा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार दाङका रश्मीराज नेपालीको मतभार १ सय ३८ रहेको छ ।
दलितमा एमालेबाट पश्चिम नवलपरासीका रामलखन चमार ५ हजार ५ सय ८ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसबाट बाँकेका मैकुलाल बाल्मिकीले २ हजार ३ सय ७० मतभार प्राप्त गरेका छन् । अपांग तथा अल्पसंख्यक कोटामा माओवादी केन्द्रबाट रोल्पाका राजकुमार कुँवर ५ हजार ३ सय ४० मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसबाट रुकुम पूर्वका लुटबहादुर खत्रीले २ हजार ५ सय २० मतभार प्राप्त गरेका छन् ।
बिहिबार बिहान ८ बजे दाङ देउखुरी जिल्ला अदालतमा एक कार्यक्रमको आयोजना गरी निर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई विजयी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत रावलले जानकारी दिएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles