33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

प्रदेश ४ : वाम गठबन्धनका ५, कांग्रेसका ३ निर्वाचित

पोखरा — प्रदेश नम्बर ४ बाट राष्ट्रियसभाको आठ सीटमध्ये एमाले र कांग्रेसका तीन/तीनजना निर्वाचित भएका छन् भने माओवादीबाट दुईजना निर्वाचित भएका छन् ।

माओवादीका दीनानाथ शर्मा १५३०, एमालेका गणेशप्रसाद तिमिल्सिना १७८२ र कांग्रेसका सुरेन्द्रराज पाण्डे २२६२ मतभारसहित अन्य समूहबाट विजयी भएका छन् ।
महिलातर्फ एमालेकी शान्तिकुमारी जिसी १५१२, दीपा गुरूङ १७१६ र कांग्रेसकी विन्दादेवी आले २२७४ मतभारले निर्वाचित भएका छन् । यस्तै दलित कोटामा एमालेका खिमकुमार विक ३३९६ मतले विजयी भए भने अल्पसंख्यक वा अपाङ्गतातर्फ कांग्रेसबाट प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
पोखरा–७ स्थित लोकसेवा आयोग कार्यालय परिसरमा भएको मतदानमा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १ सय ७० र प्रदेशसभाका ६० सदस्यमध्ये ५९ जनाले मतदान गरेका थिए । प्रदेशसभामा मनाङबाट स्वतन्त्र सदस्य दीपक मनाङ्गे भनिने राजीव गुरुङ भने मतदान गर्न आएनन् । बिहान १० देखि ५ घण्टा लागि तोकिएको मतदान २ घण्टामै सम्पन्न भएको थियो । किरियापुत्री बसेका पर्वतको विहादी गाउँपालिकाका प्रमुख कमल भुसालले पनि बुधबार मतदान गरे । उनकी ९२ वर्षीया आमाको माघ १५ मा निधन भएको थियो । भुसाल विहादीमा एमालेबाट निर्वाचित हुन् ।
अपांताको कोटामा कांग्रेसका पन्थ निर्विरोध भएपछि ७ पदका लागि भएको निर्वाचनमा १० उम्मेदवारबीच प्रतिस्पर्धा थियो । पन्थका प्रतिस्पर्धी रामबहादुर थापाको कागजपत्र नमिलेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles