41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

नेपालमा पनि ओपन लर्निङको अवसर – अर्को महिनादेखि खुला विश्वविद्यालयको पढाई

काठमाडौँ — नेपाल खुला विश्वविद्यालयले अर्को महिनादेखि पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको बुधबार बसेको पहिलो सभाले विभिन्न संकायको ६८ वटा कार्यक्रम सञ्चालन गर्न स्वीकृति गरेपछि कक्षा सुरु गर्ने बाटो खुलेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.लेखनाथ न्यौपानेका अनुसार मार्चदेखि एजुकेशनल स्टडीज, सोसल साइन्स र आइटीमा एमफिल, डिस्ट्यान्स एण्ड इ लर्निङको एक वर्षे कोर्ष सुरुआत गर्न लागेको हो । ‘यो महिनामा भर्नाको सूचना जारी गर्छौ,’उनले भने,‘अर्को महिनादेखि अनलाइनमा आधारित कोर्सको पढाई सुरु गर्छौं ।’
विश्वविद्यालयले व्यवस्थापन, कानून, सामाजिक शास्त्र, शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । बैठकले सातै प्रदेशमा खुला विश्वविद्यालयका प्रादेशिकस्तरका अध्ययन केन्द्रहरु खोल्ने निर्णय गरेको छ । पाँच महिनादेखि विश्वविद्यालयले विभिन्न कार्यक्रम पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles