24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

माओवादी संसदीय दलको नेतामा भट्ट मुख्यमन्त्रीको बाटो खुल्यो – प्रदेश ७

कैलाली २१ माघ,

प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् ।

आइतबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले बहुमतबाट भट्टलाई नेता चयन गर्ने निर्णय गरेको हो ।

निर्णयसँगै यो प्रदेशको मुख्यमन्त्री बन्न उनलाई बाटो खुलेको छ । माओवादी केन्द्रले प्रदेश ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वा्चित सांसद भट्टलाई यसअघि नै सिफारिस गरिसकेको छ ।

वाम गठबन्धनले प्रदेश ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरिसकेको छ । माओवादी केन्द्र प्रदेश ७ का इन्चार्ज लेखराज भट्ट र प्रदेश संयोजक लक्ष्मणदत्त जोशीसहितको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

प्रदेश ७ प्रदेश सभामा रहेका माओवादी केन्द्रका १४ सांसद मध्ये १२ जनाले भट्टलाई नै दलको नेता बनाउने निर्णयमा सहमति जनाएका थिए । सांसदहरू वीरमान चौधरी र मानबहादुर धामी पनि संसदीय दलको नेताका आकांक्षी थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles