29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्रदेश ७ को पहिलो बैठकमा उठ्यो मोष्ट वान्टेड रेशमलाई प्रमाणपत्र दिन माग

धनगढी माघ २१ गते ।

प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभाको बैठकमा टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन माग उठेको छ । राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले प्रदेश बैठकमा बोल्दै यस्तो माग गर्नुभएको हो । रेशम टिकापुर घटनाको मुख्य योजनाकारको रुपमा प्रहरीको मोष्ट वान्टेड सुचिमा छन् ।

‘सभामुख महोदय, जनताले अत्यधिक बहुमतले निर्वाचन जिताएका रेशम चौधरीलाई तुरुन्त प्रमाणपत्र प्रदान गर्न यो सभा मार्फत पहल गरियोस, साथै भदौ ७ गते टिकापुर घटना घटेको दोस्रो दिन कफर््युकाबिच थारुहरुका घर छानीछानी जलाउने र लुटपाट गर्नेहरुलाई पनि जेल हालियोस भन्ने माग म जोडदार रुपमा उठाउन चाहन्छु।’ रानाले भनिन् । उनले कैलालीका थारु समुदायले राजधानीको माग नउठाएको प्रष्ट पार्दै पहिचान र अधिकारको माग गरेको बताईन् ।

‘थारुहरुलाई भुलाउन राजधानी यहाँ तोकिएको छ तर थारु जनताको माग राजधानीको होईन अधिकार र पहिचानको हो त्यसैले अधिकार प्रदान गर्न प्रदेश सभाले पहल गरोस म सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु।’ प्रदेश सभाको बैठकमा बोल्दै रानाले भनिन् । प्रदेश सभाको पहिलो बैठकमा कांग्रेसका भरत खड्का, माओवादीका त्रिलोचन भट्ट र एमालेका प्रकास शाहले बोलेका छन् । उनिहरु सबैले प्रदेश नम्बर ७ को विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने आशयको भनाई राखेका छन् ।

प्रदेश ७ को प्रदेश सभाको बैठक आगामी माघ २९ गते शोमवार सम्मका लागि स्थगीत भएको छ । प्रदेश सभाले सभामुख र उपसभामुख नहुदा सम्म संसद संचलनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, पुर्णा जोशी, बिरमान चौधरी र कृष्ण चौधरी रहेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles