27.5 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बाँकेको अगैया नजिक बस दुर्घटना १३ घाइते, ६ को अवस्था गम्भिर, उद्वार कार्य चल्दै

नेपालगन्ज, माघ २१ गते

बाँके राप्तीसोनारी गाउँपालिका बैजापुरबाट नेपालगन्ज तर्फ आउदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

राप्तीसोनारीको अगैया बजारदेखि ३ किलोमिटर पश्चिममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनाबारे थप जानकारी आउन सकेको छैन भने अहिले उद्वार कार्य चलिरहेको छ ।


बाँके बैजापुरबाट नेपालगन्ज आउदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।

राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आज बिहान नेपालगन्ज आउदै गरेको ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई उद्वार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । दुर्घटनाका कारण पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको छ ।

बस सडकमा नै पल्टिएका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बस सडकबाट हटाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको छ ।

राजमार्ग अवरुद्व भएपछि गतव्यमा हिडेका यात्रुहरु अलपत्र परेका छन् । यसैबिच दुर्घटनामा घाइते भएकाहरुको उपचारका कुनै पनी कमी हुन नदिन बाँके क्षेत्र नम्बर १ प्रदेश सभा क सांसद कृष्णा केसी नमुनाले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

बस दुर्घटनाप्रति दुख व्यक्त गर्दै सांसद नमुनाले घाइतेहरुको उपचारमा गम्भिर भएर लाग्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सडकमा नै पल्टिएको बसलाई छिटो भन्दा छिटो हटाएर राजमार्ग सुचारु गर्न सांसद नमुनाले सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles