मोदीलाई ओलीको सन्देश, ‘तपाई र तपाईको सरकारसंग काम गर्न आतुर छु’

द्वारा : सुदुर न्युज

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारसंग काम गर्नको आतुर रहेको बताएका छन् । उनले गणतन्त्र दिवसको अवसरमा मोदीलाई एक सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि स‌ंगै काम गर्न चाहेको बताएका हुन् ।

‘यो अवसरमा सबै प्रकारका सफलताका लागि म शुभेच्छा ब्यक्त गर्न चाहन्छु र हाम्रो दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछु’ सन्देशमा ओलीले भनेका छन्, ‘भरखरैको निर्वाचनबाट चुनिएका एक जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाई र तपाईको सरकारसंघ दुई देशको उज्वल भविश्यको लागि स‌ंगै काम गर्न अतुर छु।’
ओलीले सन्देशमा सार्वभौमसत्ताका लागि गरिएको बलिदान र ति संघर्षहरुको परिणामलाई संस्थागत गरेको महत्वपूर्ण इतिहास भारतको रहेको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘भारतको संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरुले लेखेको जनताको भावना र आकांक्षको समुचित र बिस्तृत दस्तावेज हो।’
उनले भारतीय संविधान कार्यान्वयनको अनुभवबाट सिक्दै गरेको उल्लेख गर्दै त्यसतर्फ पहिलो पाइला चालेको र हालै मात्र संघीय प्रान्तीय र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन्।
केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीलाई फोन गरी भावी प्रधानमन्त्री भन्दै बधाइ दिएका थिए। यही साता भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा नेपाल आउँदै छिन्।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com