28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

मनाङेको राजनीतिक यात्रा धरापमा -दीपक मनाङेलाई ५ वर्ष कैद

काठमाडौँ — राजनीतिमा स्थापित हुने प्रयत्नमा लागेका र प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) को राजनीतिक यात्रा धरापमा परेको छ । अकुत सम्पत्ति आर्जन, व्यक्ति हत्या र फिरौती असुलीको आरोप झेलिरहेका उनको जेल यात्रा सुरु हुने भएको छ ।

मनाङे गुन्डागर्दीको दुनियाँमा २०४६ पछि प्रवेश गरेका थिए । सुरुवातदेखि ठमेललाई आफ्नो क्षेत्र बनाएर संगठित गुन्डागर्दीमा सामेल मनाङेले विस्तारै ठमेलमा रात्रिकालीन क्लब सञ्चालनमा पनि हात हाले । रात्रिकालीन व्यवसायीबाट हप्ता असुली, संगठित गुन्डागर्दीसँगै उनले केही क्लबमा अवैध रूपमा सेयर पनि लिए र आफ्नो पकड बढाउँदै गए ।
गुन्डागर्दीमा संलग्न चक्रे मिलनलगायतका विभिन्न समूहसँग मनाङेको बारम्बार झडप भइरहन्थ्यो । पक्राउ पर्नु, जेल चलान हुनु र केही समयपछि छुटेर फेरि पुरानै धन्दामा सामेल हुनु उनका लागि नियमित आकस्मिकता जस्तो थियो । २०६० पुस ११ गते अर्का गुन्डा नाइके चक्रे मिलनलाई धारिलो हतियार प्रहार गरेको अभियोगमा उनी पक्राउ परेर जेल चलान भएका थिए । त्यसपछि उनी २०६५ फागुन र २०७० फागुनमा पक्राउ परेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मनाङेलाई २०७० भदौ १ गते पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण विभागमा गुन्डागर्दीको माध्यमबाट १४ करोड ७३ लाख रुपैयाँ अवैध आर्जन गरेको भन्दै विशेष अदालतमा २०७० जेठमा मुद्दा चलाएको थियो । अदालतले उनीसँग २ करोड ९० लाख रुपैयाँ धरौटी मागेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई सदरखोर डिल्लीबजार पठाइएको थियो । विशेष अदालतबाट अवैध सम्पत्ति आर्जनको मुद्दामा सफाइ पाएपछि उनी राजनीतिमा सक्रिय हुने प्रयत्नमा लागेका थिए ।
मनाङेले अपराध र राजनीतिको यात्रासँगै अगाडि बढाएका थिए । राजनीतिकै आडमा उनले गुन्डागर्दी र फिरौती असुलीको साम्राज्य बढाएको प्रहरी अधिकारीहरूको बुझाइ छ । सुरुवातदेखि नै कहिले राप्रपा, कहिले कांग्रेस त कहिले एमालेको निकट रहेर मनाङेले आफ्नो प्रभुत्व बढाउँदै लगेका थिए । २०७३ पुस ८ गते राप्रपा प्रवेश गरेका उनी २०७४ असोजमा एमाले प्रवेश गरेका थिए ।
समयअनुसार दल बदलिरहने र सत्ताका निकट रहिरहने मनाङे बीचमा एकपटक लक्ष्मण चौधरी नेतृत्वको संघीय समाजवादी पार्टीमा पनि प्रवेश गरेका थिए । तर त्यहाँ पनि उनी लामो समयसम्म रहेनन् र पुरानै दलमा फर्किए । स्थानीय तहको निर्वाचनअघि राप्रपा नेपालमा प्रवेश गरेका उनले राप्रपाको एकता महाधिवेशनसँगै मनाङको जिल्ला अध्यक्षमा चयन भएका थिए । उनकै नेतृत्वमा सिंगै मनाङको राप्रपा एमालेमा प्रवेश गर्‍यो ।
स्थानीय तह निर्वाचनका बेला प्रहरी परिसर काठमाडौंले निर्वाचन सुरक्षा बिथोल्न सक्ने भन्दै उनलाई चक्रपथबाट पक्राउ गरेको थियो । परिसरबाट खटिएको डीएसपी कमान्डको टोलीले पक्रेर मनाङेलाई परिसरको हिरासत कक्षमा निर्वाचन अवधिभर राखेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles