चिसो पीडितलाई सरकारले २ करोडको दाउरा, कम्मल वितरण गर्ने

द्वारा : सुदुर न्युज
कम्मल वितरण

सरकारले शितलहरको मारमा परेका तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले शितलहरको मारमा परेका तराईका २२ जिल्लामा कम्मल, दाउरा लगायतका न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रधानमन्त्रीको निर्देशनमा शितलहरको मारमा परेका तराईका जिल्लाहरुमा राहत वितरणका लागि बजेट निकासा गरिएको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । चिसो बढदै गएपछि तराईका विभिन्न जिल्लामा चिसोका कारण दर्जन बढिको ज्यान गईसकेको छ ।

हिमाली जिल्ला मनाङमा चिसो बढदै गएपछि खानेपानीसमेत जमेका छन । हुम्ला र जुम्लामा चिसोका कारण रुघाकोखीको महामारी फैलिएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com