फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

द्वारा : सुदुर न्युज
0

जेठ २०, काठमाडौँ ।
नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ भाउ बढाएको छ ।

यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ वृद्धि भएको छ ।

पेट्रोलको भाउ १ सय १३ रुपैयाँ पुग्नेछ भने डिजेल र मट्टीतेलका लागि भने उपभोक्ताले ९५ रुपैयाँ तिनुपर्नेछ ।

निमगले अझै आफ्नो घाटा मासिक ३७ करोडभन्दा धेरै रहेको बताएको छ ।

केहि दिन अगाडी मात्रै निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy