धनगढीको क्यासिनोवाट समातिएका दुई जना ६२ लाख धरौटीमा रिहा

द्वारा : सुदुर न्युज

धनगढी, २६ बैसाख ।

, २६ बैसाख ।

धनगढीको साथी होटेलमा रहेको क्यासिनोमा प्रहरीले छापा मार्दा नेपालमा प्रतिवन्धित भारतीय रुपैयाको अपचलन गरेको भन्दै पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन । नेपालमा प्रतिवन्धित पाँच सय र दुई हजारका भारतीय रुपैयाको अवैध रुपमा कारोवार गरेको भन्दै प्रहरीले त्यहाँ छापा मार्दा म्यानेजरसँग १० लाख भारतीय रुपैया र विदेशी नागरिकको साथमा २ लाख भारतीय १० लाख नेपाली रुपैया वरामद गरिएको थियो ।

साथी होटेलमा रहेको किङग्स लाउण्ड क्यासिनोमा छापा मार्दै अवैध रुपमा प्रतिवन्धित भारतीय नोटहरुको कारोवार गर्दै जुवातास खेलाईरहेको पाईएपछि क्यासिनोका म्यानेजर सुजन दाहाल र मलेसियन नागरीक मोहमद अजाउजीनलाई पक्राउ गरी राजश्व अनुसन्धान विभाग पठाईएमा आज उनीहरु धरौटी राखेर छुटेका हुन् । विदेश नागरिक अजाउजीनसँग नेपाली र भारतीय गरी १५ लाख वरामद भएकोमा त्यसको तीन गुणा वढी ४५ लाख धरौटी राख्दै उनी धरौटीमा छुटेका हुन् भने म्यानेजर दाहाल वरामद गरिएको १७ लाख नेपाली रुपैया तिरेर छुटेको छापा मार्न गएको टोलीको नेतृत्व गर्नुभएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरवहादुर वुढामगरले जानकारी दिए ।

दुई दिनसम्म कारागारमा वसेका दुवै जनालाई आज विभागले धरौटीमा छोडेको हो । धरौटीमा छुटे पनि उनीहरुको मुद्रा अवचलनको मुद्धा राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्नेछ । नेपाल राष्ट्र वैंकले नेपालमा पाँच सय र दुई हजारका भारतीय रुपैयाँ प्रतिवन्ध गरेकोले कुनै पनि स्थानमा त्यसको कारोवार गर्न नपाईने अवस्थामा धनगढीमा रहेको किङग्स लाउण्ड क्यासिनोले त्यसको अवैध कारोवार गर्दै आएको सुचना पाएपछि प्रहरी छापा मारेको थियो ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com