23.9 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

शुक्लाफाँटा का जन प्रतिनिधि लाइ कुटपिट को आरोप

झलारी । गाउँमा मन्दिर परिसरसँगै सीमा जोडिएको जमिनमा बसेका परिवारले गरेको अतिक्रमण रोक्न खोज्ने शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडाध्यक्ष जगतबहादुर सिंह कुटपिटको आरोप भोग्न बाध्य हुन्छन् ।

वडाध्यक्ष सिंहको विरुद्धमा प्रहरी कार्यालयमा जाहेरी समेत पुग्छ, प्रहरीले छानविन गर्छ, उजुरीकर्ताकै दोष देखिएपछि फाइल बन्द गर्छ । फेरि ‘अतिक्रमण गर्ने’ परिवार कुटपिट र हातपातको आरोप लगाएर प्रहरी कार्यालय पुग्छन् । यो श्रङ्खला चलिरहेको छ । ‘झलारी प्रहरीदेखि जिल्ला प्रहरीसम्म यो श्रृङ्खलाबारे जानकारी भइसकेको छ, त्यसले प्रहरीले उजुरी नै लिन छाडेको छ,’ वडाध्यक्ष जगतबहादुर सिंहले भने, ‘अब सञ्चारमाध्यममा समाचार आउन थालेपछि सबै पत्रकारलाई बोलाएर घटनाको यथार्थ बताउन खोजिएको हो ।’ महेन्द्रनगरमा क्रियाशील पत्रकारलाई अतिक्रमण भइरहेको मन्दिर परिसरमा लगेर वडाध्यक्ष जगतबहादुर सिंहले शनिबार अतिक्रमणको प्रकृतिबारे जानकारी दिएका छन् ।

शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको गौरादेवी मन्दिरको जग्गा अतिक्रमणको चपेटामा परेको वडाध्यक्ष सिंहले देखाएका छन् । ‘विगत २१ वर्षदेखि स्थानीयले गौरादेवी मन्दिर स्थापना गरेर गौरा पर्व मनाउँदै आएका छन् । तर, मन्दिरको जमिन आफ्नो हो भन्दै स्थानीय बिसनबहादुर सिंहले अतिक्रमणको प्रयास गरेकाले कारवाही प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘मन्दिरको सार्वजनिक जमिन अतिक्रमणको प्रयास गर्दै गाउँका व्यक्तिलाई सार्वजनिक रुपमा गालीबेइज्जती गर्ने बिसनबहादुर सिंहको परिवारलाई सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा नगरपालिकाले सार्वजनिक अपराध अन्तर्गत कारबाही सुरु गरेको छ ।’

मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै कालापानीका स्थानीय एवम् शिक्षक हरिदत्त भट्टले २०५१ सालमा समुदायका सबै व्यक्तिको सहमतिमा खाली रहेको करिब २ कठ्ठा जमिनमा गौरादेवी मन्दिर स्थापना गरिएको बताए । ‘शुक्लाफाँटा नगरपालिकाकै ७ नम्बर वडाको जेल गाउँमा बसोबास गर्दै आएका बिसनबहादुर सिंह परिवार बाढीपीडित भएपछि समुदायकै व्यक्तिले २०६९ सालमा उनको परिवारलाई मन्दिर किनारमा घर बनाउने केही जमिन उपलब्ध गराएर त्यहाँ बसालेको थियो,’ उनले भने, ‘तर, सिह परिवारले अहिले आएर मन्दिरको सबै जमिनलाई आफूले भोगचलन गर्दै आएको दावी गरेर समाजमा अशान्ति फैलाउने काम गरिरहेका छन् ।’ मन्दिर र सिंहले भोगचलन गर्दै आएको पूरै जमिन ऐलानी भएको जनाइएको छ ।

गाउँलेबाट मन्दिरको जमिन अतिक्रमणको आरोप लागेका बिसनबहादुर सिंहले पूरै जमिन आफ्नै भएको प्रतिक्रिया दिएका छन् । उनले जमिनको लालपूर्जा नभएको तथा ऐलानी जमिन भएकाले बलजफ्ती उक्त स्थानमा केही व्यक्तिले रातारात मन्दिर खडा गरेको दावी गरे । ‘जमिनकै विषयलाई लिएर समाजका केही सीमित व्यक्तिले भदौ ९ गते राति आफू रोजगारीका क्रममा भारत रहेका बेला छोराछोरी र श्रीमती जानकीदेवी सिंहलाई निर्घात कुटपिट गरे,’ उनले भने । तर, स्थानीयका अनुसार भदौ ८ गते राति गौरा मन्दिरमा तीज मनाउने क्रममा सिंहकी श्रीमती जानकीले महिलालाई गाली गरेपछि सिंहलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको बताएका छन् ।

विक्रम सम्वत् २०७० सालमा मन्दिरको विधान दर्ता भएर जमिन सीमाङ्कन गरिएपछि सो विषयमा विवाद उत्पन्न भएको बताइएको छ ।

Related Articles

1 टिप्पणी

टिप्पणीहरू बन्द छन्।

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles