23.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

भूकम्पका कारण बैतडीमा एकको मृत्यु, डिलाशैनी पालिकाद्वारा राहत

बैतडी, २०७९ कार्तिक २७ गते।

गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए ।

उनले भने, ‘भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो ।’

राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियोे।

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप २० हजार रुपैयाँ र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए । उनले भने, ‘आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल २० हजार रुपैयाँ किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौँ ।’

गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियोे । -रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles