36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

अमरगढी ३ को वडाअध्यक्षमा बोहरा

डडेल्धुराः आसन्न स्थानीय तहको निर्वाचनका लागि अमरगढी नगरपालिका–३ को वडाअध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट महेशराज बोहरा (ज्ञानु) ले उम्मेदवारी दर्ता गराएका छन्।‘समृद्ध वडा निर्माण’ र कृषीमा क्रान्ति को एजेन्डा बोकेर बोहरा ले अमरगढी नगरपालिका–३ को वडाअध्यक्षमा राप्रपाबाट उम्मेदवारी दर्ता गराएका हुन्

डडेल्धुरा जिल्ला को नक्सा

राप्रपाको जनलहर बढ्दै गएको र यस क्षेत्रका युवाले वडाअध्यक्षमा आउनु पर्ने माग राखेकोले उम्मेदवारी दर्ता गराएको उनले बताए।यसपालि नेपाली काँग्रेस र एमाले डडेल्धुरामा विभाजित भएकोले त्यसको फाइदा आफूलाई हुने उनी बताउँछन्। वडाको विकासमा कटिबद्ध भएर लाग्ने उनको भनाइ छ। बोहरालाई वडा नम्बर ३ मा अब्बल उम्मेदवारका रूपमा हेरिएको छ।वडा नम्बर तीनमा उनीसँगै नेपाली काँग्रेसका तीर्थ ऐर, नेकपा एकीकृत समाजवादीका प्रकाश ऐर, नेकपा माओवादी केन्द्रका पदम पाण्डेय र नेकपा एमालेका दलबहादुर साउँदले उम्मेदवारी दर्ता गराएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles