37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

महाकाली नदिको पानी खतराको चिन्ह भन्दा माथि, नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर, २७ साउन ।

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन डडेल्धुरास्थित परिगाउँ बाढी मापन केन्द्रले आग्रह गरेको छ ।

mahakali river महाकाली नदीमा बाढी

जल तथा मौसम बिज्ञान बिभागले डडेल्धुरा र कञ्चनपुरको तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

https://sudurnews.comlocal/5733

महाकाली तटिय क्षेत्रमा सधै बाढीको त्रास

दिउँसो १ बजे महाकाली नदीमा पानीको बहाव ६.८८ मिटर रहेको थियो । यो खतराको चिन्हभन्दा माथि रहेको विभागले जनाएको छ ।

महाकाली नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजान समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । – मानसखण्ड

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles