41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

कञ्चनपुरको बेलौरिमा चार लाखको सुपारी दिएर दम्पत्तीको हत्या

धनगढी, २६ साउन।

कञ्चनपुरमा चार लाखको सुपारी लिएर दम्पत्तीको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरिएको छ।

जिल्लाको बेलौरी नगरपालिकाका ६२ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती वालादेवीको हत्या गरेको आरोपमा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो।

हत्या आरोपमा पक्राउ पर्नेमा बेलौरी ७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, हात्तीबोझाका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय रबि राना रहेका छन्।

चारैजनाले खाती दम्पत्तीको योजनाबद्ध रुपमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।

सुपारी दिएर हत्या

गत शुक्रबार राती धारिलो हतियार प्रहारबाट वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो। तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता देखिएको थिएन।

अनुसन्धानकै क्रममा मृतकका छिमेकी प्रकाश ऐरले चार लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।  

छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद भएकाले प्रकाशले उनीहरुमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई चारलाख रुपैयाँ दिएर हत्या गर्न लगाएका अनुसन्धानबाट खुलेको छ।  – दिनेश खबर

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles