36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि

धनगढी, २५ साउन ।

धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि भएको छ। माया मेट्रो अस्प्तालमा उपचाररत बैतडीको पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको साउन २३ गते स्वाब संकलन गरिएकोमा आइतबार कोरोना पुष्टि भएको हो। शनिवार राति माया मेट्रो अस्पताल धनगढीमा पुगाइएकी ति महिलालाई अहिले सेती प्रादेशिक अस्पताल पठाइएको माया मेट्रो अस्पतालका डाक्टर मोहन साउदले बताए।

https://sudurnews.comnational/7280

स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पु¥याइएको र उनमा कोरोना समेत पुष्टि भएको जानकारी आएको उनले बताए।

उनले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आईसोलेसनमा राखिएको बताए। संक्रमित महिलाका श्रीमानसहित उनको परिवारका सदस्यको स्वाब संकलन गरिने स्वास्थ्य शाखा बैतडीले जनाएको छ।

यता सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले उनलाई आईसोलेसनमा राख्ने तयारी भईरहेको दिनेश खवरलाई जानकारी दिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles