40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बैतडीको दशरथचन्द नगरपालिकामा यन्त्र प्रयोगपछि बाँदर भाग्दै

बैतडी,२५ साउन ।

बर्षौदेखि बाँदरले बालीनालीमा क्षती पुर्याईरहेका बेला बैतडीको दशरथचन्द नगरपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र बाडेपछि राहत भएको छ । बितरण गरिएका उक्त यन्त्र प्रयोगमा आएपछि बाँदर भाग्न थालेपछि पछिल्लो समय किसानलाई राहत भएको हो ।

Monkey Gun Design

बिषेश गरेर दशरथचन्द नगरपालिकाको वडा नं ५, ६, ७ र ८ मा बाँदरले बढी क्षती पुर्याउदैं आएको थियो । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेसिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ ।

बिगत ७ बर्षदेखि बाँदर आतंक रहेकोमा हाल नियन्त्रणमा आएको दशरथचन्द नगरपालिकाका वडा नं ५ का पार्वती चन्दले बताउनुभयो । खेतमा लगाएको अन्नबाली, तरकारी र फलफुल सबै बाँदरले सखाप गर्न थालेपछि खेतिपाती गर्नै छाडेको भएपनि यो बर्षदखिे पुन खेतीपाती सुरु गरेको उहाँले बताउनुभयो ।

https://sudurnews.comlocal/7284

स्थानियतहको चुनावमा उम्मेदवारहरुले बाँदर आतंक हटाउने कुरा आफ्ना धोषणा पत्रहरुमै उल्लेख गरेअनरुप नै दशरथचन्द नगरपालिकाले हरेक बर्ष बजेट बिनियोजन गर्ने गरेको छ । बाँदरले बर्षौंदेखि बालीनाली नष्ट गरिरहेका किसानहरुको सजिलोका लागि २५ ओटा बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

बादर आतंक हटाउने घोषणा अनुरुपनै उपकरण बितरण गरिएको वडा नं ५ का वडाअध्यक्ष नारायणदत्त भट्टले बताउनुभयो । नगरपालिकाले नगरका विभिन्न वडाका किसानहरुलाई यही साउन १३ गते बाँदर धपाउने यन्त्र वितरण गरेको हो । – निङ्गलाशैनि अनलाइन

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles