41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

गैरसरकारी संस्थाद्वारा बैतडीका ५ सय ५१ मुक्त हलिया परिवारलाई राहत वितरण

बैतडी, २४ साउन ।

बैतडीका ५ सय ५१ मुक्त हलिया परिवारहरुलाई राहत वितरण गरिएको छ ।

कोरोना भाईरस अर्थात कोभीड १९ का कारण भएको लकडाउनका बेला मजदुरी गर्न नपाएर छाक टार्न मुस्कील भएका परिवारका सदस्यहरुलाई राहत वितरण गरिएको छ ।

गैरसरकारी संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ ले राहत वितरण गरेको हो । प्रति व्यक्ति २५ के.जी. चामल, ३ के.जी. दाल, २ लिटर तेल, २ केजी चिनी र ४ साबुन वितरण गरिएको कार्यक्रम संयोजक सुरेन्द्र जैरुले जानकारी दिनुभयो ।

https://sudurnews.comnational/7280

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सञ्चालन गरेको मुक्त हलिया पुर्नस्थापना सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरिएको हो । मुक्त हलिया परिवारका सदस्यहरु दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने तर लकडाउनका कारण ज्याला मजदुरी समेत गुमेकाले केही सहयोग पुगोस भनेर राहत वितरण गरिएको जैरुले जानकारी दिनुभयो ।

जिल्लाको दशरथचन्द नगरपालिकाका ६२, पुर्चौंडी नगरपालिकाका ७६ जना, मेलौली नगरपालिकाका ९९ जना र पाटन नगरपालिका १०४ जनालाई राहत वितरण गरिएको हो ।

सिगास गाउँपालिकाका ६० जना, सुर्नया गाउँपालिकाका २५ जना र दोगडाकेदार गाउँपालिकाका १२५ जनालाई राहत वितरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बैतडीका अध्यक्ष देवराम लोहारले जानकारी दिनुभयो ।

Baitadi-haliya-Rahat

यस्तै मुक्त हलिया परिवारका ४० जना गर्भवती महिलाहरुलाई पनि १ क्रेट अण्डा र २ केजी चना वितरण गरिएको उहाँले बताउनुभयो । संघले दिएको राहतले केही दिन छाक टार्न सहज हुने दशरथचन्द नगरपालिका १ का नरेन्द्र नेपालले बताउनुभयो ।

लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाउँदा छाक टार्न मुस्कील भएका बेला पाइएको राहतले केही सहयोग मिलेको उहाँले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles