33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागु नहुने : बैतडी

बैतडी, २४ साउन ।

बैतडीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु नहुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

गृह मन्त्रालयले २०० बढी कोरोना संक्रमितका एक्टिभ केस रहेका जिल्लामा जोर बिजोर प्रणाली कार्यान्वयन हुने जनाएको हो । बैतडीका भने १६ जना मात्रै एक्टिभ केस रहेकोले जोर बिजोर प्रणाली लागु नभएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा मात्रै २०० बढी एक्टिभ कोरोना संक्रमित रहेकोले कैलाली जानलाई मात्रै जोर बिजोर प्रणाली लागु हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

https://sudurnews.comlocal/6722

जोर बिजोर प्रणाली लागु नभएपनि स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउनेलाई कार्बाही हुने जनाईएको छ ।

यसका साथै बढी संक्रमित एक्टिभ रहेको जिल्लामा राती हिडडुल गर्न नपाईने भनेपनि बैतडीमा भने त्यो कार्यान्वयन नहुने जनाईएको छ । बैतडीमा हाल ३२० जनामा कोरोना पुष्टि भएकोमा ३०४ जना डिस्चार्ज भइसकेका छन् ।

https://sudurnews.comnational/7206

नेपालमा कोरोना संक्रमणको आशंका दुई जना अस्पताल भर्ना

लकडाउन खुलेपछि कोरोना संक्रमणका जोखिम झन बढेकोले गृह मन्त्रालयले २०० बढी एक्टिभ केस भएका जिल्लामा जोर बिजोर र राती हिडडुलमा रोक लगाउने निर्णय गरेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles