प्रहरी जवानले आफैलाई गोली हाने, स्थिति गम्भीर, कारण अज्ञात

सिन्धुली, फागुन २ ।

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

उहाँले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भन्नुभयो ।

गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com